NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१

केन्द्रीय चलचित्र जाँच समितिको परिचय

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ ले स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनलाई व्यवस्थित र मर्यादित बनाउनको लागि केन्द्रीय चलचित्र जाँच समितिको व्यवस्था गरेको छ । चलचित्र (चलचित्र निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, 2057 को नियम 16 बमोजिम चलचित्र जाँच समिति गठन हुने केन्द्रीय चलचित्र जाँच समितिले कुनै पनि चलचित्र जाँच गर्दा चलचित्रमा शान्ति-सुरक्षा, मित्रराष्ट्रसँगको सम्बन्ध, विभिन्न जातजाति बिचको सम्बन्ध, लैंगिक हिंसालाई बल पुर्याउने, अपराधलाई बढावा दिने लगायत समाजमा खलल पुर्याउने खालका बिषय बस्तु चलचित्रमा राखी बनाइएको भए त्यस्ता दृश्य तथा सम्बाद हटाउन लगाई प्रदर्शनीको लागि अनुमति दिने गर्दछ।यसले चलचित्र विकास बोर्डबाट सिफारिस भै आएका स्वदेशी तथा विदेशी चलचित्रको मात्र जाँच पास गर्ने गर्दछ।कैफियत जनाई प्रदर्शनको लागि अनुमति दिइएका चलचित्रको अनुगमन गर्दा सुधार नभएको पाइएमा त्यस्ता चलचित्र प्रदर्शनमा रोक लगाई चलचित्र बितरकलाई कानून बमोजिम कारवाही समेत गर्न सक्नेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखा यस समितिको सचिवालय रहनेछ । चलचित्र जाँचपासका लागि नेपाली चलचित्रको हकमा मन्त्रालयमा रहेको सेन्सर हल र हिन्दी, अंग्रेजी र अन्य विदेशी भाषाको चलचित्रको हकमा चावहिलस्थित चलचित्र विकास वोर्डको सेन्सर हल प्रयोग हुने गरेको छ।